अफगानिस्तानमा भूकम्प, कम्तिमा २८० जनाको मृत्यु

काठमाडौं– अफगानिस्तानमा मंगलबार राति गएको भूकम्पमा कम्तीमा २ सय ८० जनाको मृत्यु भएको छ ।

मंगलबार राति गएको भूकम्पमा कम्तीमा २ सय ८० जनाको मृत्यु भएको स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । भूकम्पमा सयौं घाइते भएका छन् ।

अफगानिस्तानको दक्षिण(पूर्वी शहर खोस्टभन्दा ४४ किलोमिटरको दूरीमा रहेको स्थानलाई केन्द्र बनाएर ६.१ म्याग्निच्युड स्केलको भूकम्प गएको बीबीसीले लेखेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.