पत्रकार विवश समातिए, छाड्न महासंघको ध्यानाकर्षण

काठमाडौं– समाचार संकलनका क्रममा कञ्चनपुरबाट प्रकाशित विकल्प दैनिकका कार्यकारी सम्पादक रनी विवशलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल पत्रकार महासंघको सदूरपश्चिम प्रदेश समितिका अनुसार पत्रकार विवशलाई महेन्द्रनगर बजारको फ्रिलाइन सडकमा निर्माण सामग्री बोकेको ट्रकमा भएको आगलागीको समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ती जारी गर्दै भन्नुभएको छ, ‘नागरिकलाई सुसूचित गराउने कर्ममा जुटिरहेका पत्रकारलाई बिनाकारण पक्राउ गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै निन्दनीय काम हो । महासंघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता घटना नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.