संसदबाट नै नागरिक सर्वोच्चता कायम : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट नै नागरिक सर्वोच्चता कायम भएको बताउनुभएको छ ।

पूर्वसांसद मञ्चले काठमाडौंमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले संसद लोकतान्त्रिक प्रणालीको आधार स्तम्भ भएकोसमेत बताउनुभएको छ । ‘संसदबाट नै नागरिक सर्वोच्चता कायम भएको इतिहास छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘संसद लोकतान्त्रिक प्रणालीको आधार स्तम्भ हो ।’

प्रधानमन्त्रीले संघीय र प्रदेश निर्वाचन समयमै हुने बताउँदै निर्वाचन शान्तिपूर्ण हुने विश्वाससमेत दिलाउनुभएको हो । उहाँले आवधिक निर्वाचनप्रति सरकारको प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

प्रधानमन्त्रीले लोकतान्त्रिक संसदीय प्रणाली आगामी दिनमा थप मजबुत हुनेसमेत उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.