एक दिवसीय अभ्यास खेलमा नेपाल क्यानडासँग पराजित

खराब ब्याटिङ प्रदर्शन गर्दै नेपाल क्यानडासँग पराजित भएको छ । नेपालले क्यानडा विरुद्धको दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोलीसँग ८३ रनको लज्जास्पद हार व्यहोरेको हो ।

क्यानडाको किङ सिटीमा रहेको मेपल लिफ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।

१ सय १८ मा नौ विकेटको स्थितिलाई सम्हाल्दै क्यानडाका श्रेयस मोभा र अमर खालिदले अन्तिम विकेटका लागि ७० रनको सानदार अविजित साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।

१ सय ८९ रनको जीत लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको नेपाल ३९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५ रनमा समेटिएपछि नेपालले हार व्यहोरेको हो ।

घरेलु टोलीको बलिङको अगाडि कुनैपनि नेपाली ब्याटर चल्न सकेनन् । ओपनरद्वय कुशल भुर्तेल एक रनमा पवन सर्राफ १४ रनमा आउट भएपछि नेपालको स्थिति कमजोर बन्दै गएको थियो ।

यो हार सँगै क्यानडासँगको अभ्यास खेलमा १-० ले पछि पर्दै नेपाल स्कटल्याण्ड प्रस्थान गर्दैछ । स्कटल्याण्डमा नेपालले नामिबिया, स्कटल्याण्ड र नेपालबीच खेलिने त्रिकोणात्मक ओडिआइ श्रृंखला खेल्नेछ । नेपालले पहिलो खेल असार २७ गते नामिबिया विरुद्ध खेल्ने तालिका रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.