२८ पुगे हैजाका बिरामी
काठमाडौं- काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको बिरामी भेटिएको बताउनुभयो ।
उहाँका अनुसार भक्तपुरस्थित बालकोटमा एक जनामा हैजा भेटिएको बताउनुभयो । अहिलेसम्म हैजाका बिरामी २८ पुगेको छ ।
प्रतिक्रिया राख्नुहोस्