एशियन शारीरिक सुगठनमा नेपाललाई कास्यपदक

काठमाडौं- नेपाली शारीरिक सुगठन खेलाडी राजु राईले माल्दिभ्समा आयोजना भइरहेको ५४औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस्अन्तर्गत स्पाइडर म्यान प्रदर्शन तथा फिजिकतर्फ कास्यपदक जितेका छन् ।

राजुले १७० सेमीसम्मको समूहमा कास्यपदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेश सङ्घका उपाध्यक्ष एवं टिम व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त विधामा विभिन्न २४ राष्ट्र सहभागी थिए ।

त्यस्तै सोही प्रतियोगिताका दौरान शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पुर्‍याएबापत विश्व शारीरिक सुगठन तथा फिजिकल फिटनेश महासङ्घले नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राजेश बाबु श्रेष्ठलाई ‘डिस्ङिग्वीस्ड अवार्ड’ले सम्मान गरेको उपाध्यक्ष दिनेश राजभण्डारीले जानकारी दिनुभयो ।

प्रतियोगतामा राजुसहित सुजिता मानन्धर र उमेश राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुजिताले आफ्नो फिजिकअन्तर्गतको विधामा प्रतिस्पर्धा गर्दैछिन् । यस्तै उमेशले भने बुधबार प्रतिस्पर्धा गर्दैछन् । नेपालले आगामी सन् २०२३ मा ५५औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् आयोजना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.