‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्राध्यापक सिटौलालाई

काठमाडौं- नेपाली वाङ्मयको श्रीवृद्धिमा काम गर्दै आएको नइ प्रकाशनले २५ जनालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

उक्त प्रकाशनले विसं २०७८ को ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’बाट प्राध्यापक मोहन सिटौलालाई प्रदान गरेको छ । उक्त पुरस्कारको राशि रु दुई लाख रहेको छ । समालोचक प्राडा वासुदेव त्रिपाठीले उहाँलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

यस्तै रु एक लाख राशिको ‘नइ भावी पुरस्कार’ डा भोला रिजाललाई प्रदान गरिएको छ । नइ प्रकाशनले रु एक लाख राशिकै ‘नइ कीर्तिनिधि पुरस्कार’ भैरव रिसाललाई ‘नइ ईश्वर बराल पुरस्कार’ प्रा डा दयाराम श्रेष्ठलाई, ‘नइ भूपालदुर्गा पुरस्कार’ कलाकार सन्तोष पन्तलाई, ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ प्रा डा सुरेशराज शर्मालाई, ‘नइ भाजप पुरस्कार’ डा रामदयाल राकेशलाई प्रदान गरेको छ ।

यस्तै प्रकाशनले रु एक लाख राशिकै ‘नइ चन्द्रधन पुरस्कार’बाट प्रा डा माधव भट्टराई, ‘नइ कोइलीदेवी पुरस्कार’बाट प्रेमविनेद नन्दन, ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’बाट छविलाल उपाध्यायलाई सम्मान गरेको छ ।

प्रा डा विजया पन्तलाई नइ देरुनीख प्रदीप्ति, गङ्गा लिगललाई नइ रेखा, नारा जोशीलाई नइ बुलु शर्मा, ठाकुर वेलबासेलाई नइ देरुनीख गौरव, भक्ति शाहलाई नइ रामलक्ष्मी, कृसा महर्जनलाई नइ देरुनीख पौरख, सम्पदा दुलाललाई नइ देरुनीखपू बाल बहुआयामिक, विभूति अधिकारीलाई नइ देरुनीखपू बाल साहित्य र रिकिस्ना डङ्गोललाई नइ देरुनीखपू बाल चित्रकला पुरस्कार प्रदान गरिएको छ ।

यस्तै ‘नइ देरुनीखपू बाल सङ्गीत पुरस्कार’ सन्देश पौडेललाई, ‘नइ देरुनीखपू बाल नृत्य पुरस्कार’ राशु पन्तलाई, ‘नइ देरुनीखपू बाल खेलकुद पुरस्कार’ नयना शाक्यलाई, ‘नइ देरुनीखपू कोपिला नृत्य पुरस्कार’ सिचु मानन्धरलाई, ‘नइ देरुनीखपू कोपिला नृत्य पुरस्कार’ नासिका ठकुरीलाई र ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ श्रीना महर्जनलाई प्रदान गरिएको छ ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि २०५२ साल माघ १५ गते नइ प्रकाशनको स्थापना भएको हो । नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईंको नाउँका अगाडिको अक्षर जोडेर नइ प्रकाशन नामक सांस्कृतिक संस्था स्थापना गरिएको हो । संस्याले हरेक वर्ष यसैगरी पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशनले ४१० जनालाई रजत महोत्सव पदन प्रदान गरेको छ । गत वर्ष कोरोनाका कारण उक्त पुरस्कार प्रदान गर्न नसकिएको जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.