पाल्पामा जीप दुर्घटना हुँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

पाल्पा- पाल्पामा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका  वडा नं.३ झिरुवासस्थित भित्री कच्चि सडक खण्डमा रोकेको लु १ ज २१६९ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी जीपमा सवार रैनादेवी छहरा ३ अमिलेकी ५९ वर्षीया जुनकला पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो ।

यस्तै सोही स्थानकी ४६ वर्षीया कमला आले पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रोकेर राखेको जीप एक्कासी दुई सय मिटर तल खस्न गई दुर्घटना भएको थियो । प्रहरीले जीपको अवस्था र निरन्तरको वर्षाका कारण बाटो चिफ्लो हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ ।

जीपका चालककलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको रहेको पाल्पा प्रहरीको भनाइ छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.