तीन दिन अधिकांश स्थानमा बर्षा हुने

काठमाडौँ- आगामी आइतबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन सक्रिय रहेकाले आइतबारसम्म देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज देशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षासंगै वाढी पहिरो तथा डुवानको जोखिम उच्च रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.