बाघको संख्या दोब्बर बनाउने प्रतिवद्दता पुरा गर्दै नेपाल
काठमाडौँ- विश्व बाघ दिवस, २०७९ आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
जुलाई २९ तारिखका दिन संसारभर ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने संकल्पका साथ विश्व बाघ दिवस मनाइँदै छ ।
नेपालले करिब एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा यसै वर्ष भित्र नेपालमा रहेका बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । जसअनुसार सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २३५ पुगेको र हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेको छ।
बाघ संरक्षणमा नेपालले हासिल गरेको उपलव्धीलाई लिएर अन्तर्राष्ट्रिय जगतमा प्रशंसा भइरहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्