खोटाङमा लगातार स-साना भूकम्पको धक्का, त्रासका कारण मानिसहरु घर बाहिर

खोटाङ- खोटाङमा लगातार भुकम्पको पराकम्प गइरहेको छ । लगातार भूकम्पको धक्का महसुस गरेपछि जिल्लाबासी त्रसित
बनेका छन् ।

आज बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङकै साकेला गाउँपालिका–५ मात्तिम केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको  भुकम्प गएपछि पटक–पटक पराकम्पन गइरहेको हो ।

भुकम्पको पराकम्पन जाने क्रम नरोकिएपछि जिल्लाबासी होहल्ला गर्दै घर बाहिर निस्किरहेका छन् ।

जिल्लामा केही घर चर्कनुको बाहेक अन्य क्षतिको बिबरण हालसम्म नआएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले बताउनुभयो । हाल क्षतिको बिबरण संकलन भइरहेको प्रजिअ सेढाले जानकारी दिनुभएको छ ।

भुकम्प लगत्तै आईलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाइ छ ।

विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत  स्थानीय तहसँग समेत समन्वय भइरहेको जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.