बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङको ट्रयाक खोल्दै नेपाली सेना

गोरखा-  नेपाली सेनाले गोरखाको बिकट बस्तिमा सडक विस्तार गर्ने कामलाई तिब्रता दिइरहेको छ। धादिङको वेनिघाट हुँदै गोरखाको आरुघाट-लार्के भञ्ज्याङ जोड्ने सडकको ट्रयाक खोल्ने काम सेनाले गरिरहेको छ।

यो सडक खुलेसँगै उत्तरी गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकाका स्थानीय मुल सडक सञ्जालमा जोडिनेछन । यति मात्र नभई यो सडक नेपालकै उत्तर दक्षिण लोक मार्गको सबैभन्दा छोटो दूरी को सडकको रुपमा रहनेछ ।

उत्तरी गोरखाका धार्चे र चुमनुब्री गाउँपालिकालाई उत्तरतर्फ चीनको नाकासँग जोड्न यो सडक महत्वपूर्ण हुने यहाँका स्थानीय बताउँछन । सडक यातायात नहुँदा अहिले पनि यहाँका बासिन्दा सदरमुकामदेखि करिव ७ दिन हिँडेर आफ्नो गाउँ पुग्न बाध्य छन ।

यतिमात्र नभई नेपालको ब्यापारिक केन्द्रको रुपमा यी गाउँपालिकाका उत्तरी सिमालाई विकास गर्न पनि यो सडक महत्वपूर्ण हुने आशा उत्तरी गोरखाका स्थानीयको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.