बागमति प्रदेशः सवारी साधन खरिद तथा मर्मतमा १ अर्ब १७ करोड ७७ लाख रुपैयाँ खर्च

मकवानपुर- बागमती प्रदेश सरकारले साढे चार वर्षको अवधिमा सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च गरेको छ ।

प्रदेश संरचना स्थापित भएदेखि प्रदेश सरकारले विभिन्न मन्त्रालय र निकायका लागि सो रकम खर्च गरेर सवारी साधन खरिद, मर्मत र इन्धनबापत खर्च गरेको हो ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा २६ करोड ४७ लाख ८३ हजार ४६४ रुपैयाँ बराबरको सवारी खरिद गरेको थियो भने आर्थिक वर्ष ०७६÷७७ मा ३१ करोड १४ लाख ४१ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा १६ करोड २९ लाख ७ हजार रुपैयाँ सवारी साधन शीर्षकमा खर्च गरेको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा मात्र सवारी साधन खरिदका लागि ३० करोड १० लाख ४९ हजार ४६९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै प्रदेश सरकारको सवारी साधन मर्मत खर्च पनि बर्सेनी बढिरहेको तथ्याङ्क छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड ९९ लाख ५२ हजार रुपैयाँ सवारी साधन मर्मतमा खर्च गरेको प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ मा ५ करोड ४० लाख ५८ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा ६ करोड ८८ लाख ७ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ८ करोड १ लाख १४ हजार ७४९ रुपैयाँ सवारी मर्मतमा खर्च भएको छ ।

प्रदेश सरकारले साविकको ७ मन्त्रालयलाई विभाजन गरी विधागत रूपमा १४ वटा मन्त्रालय निर्माण गरेसँगै सवारी साधन खरिद तथा मर्मत र इन्धनमा सो रकम खर्च गरेको हो ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारका विभिन्न निकाय र कार्यालयले सवारी मर्मत बापत गत आर्थिक वर्षमा ८० करोड १ लाख १४ हजार ७४९ रुपैयाँ खर्चेको छ ।

प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री र पदाधिकारीहरूले प्रयोग गर्ने सवारी साधनमा ९० लाख ३० हजार ८६४ रुपैयाँको इन्धन खर्च गरेको उनले बताए । त्यस्तै प्रदेश सरकारका निकायहरूको प्रयोजनका लागि गत आर्थिक वर्षमा ८ करोड २४ लाख ७२ हजार २३८ रुपैयाँ खर्च गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.