ताइवान नजिकको क्षेत्रमा चीनको क्षेप्यास्त्र प्रहार

बेइजिङ– चीनले ताइवान नजिकको क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको छ । चीनले ताइवानको उत्तर-पूर्व र दक्षिण-पश्चिम तटीय क्षेत्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एपीले जनाएको छ ।

चीनले पनि सैन्य अभ्यासका निमित्त उक्त क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । चीनले घोषणा गरेको ड्रिल जोनबाट उक्त प्रक्षेपण गरेको बताइएको छ । चीनको उक्त कदमलाई क्षेत्रीय शान्ति खल्बलाउने कार्यको संज्ञा दिदै ताइवानको रक्षा मन्त्रालयले प्रक्षेपणको प्रतिक्रियामा सम्बन्धित रक्षा प्रणालीहरू सक्रिय गरेको जनाएको छ ।

ताइवान नजिक सैन्य अभ्यास गरिरहेको चीनले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेर फर्केसँगै सैन्य गतिविधिलाई तीव्रता दिएको हो । यो सगै त्यस क्षेत्रमा केही दशकयता कै उच्च तनावको स्थिति बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.