परराष्ट्रमन्त्री अर्को साता चीन

काठमाडौं– परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ देखि २६ ९अगस्ट ९ देखि ११० गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुहुने भएको छ ।

चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री चीन लान लाग्नुभएको भ्रमण गर्न लाग्नुभएको मन्त्रालयले जनाएको छ । दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नुहुनेछ ।

मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कनुहुने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.