बेपत्ता छानबिन : प्रतिनिधि सभामा बाधाअड्काउ फुकाउ आदेश पेस

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधाअड्काउ फुकाउ आदेश सभासमक्ष पेस गर्नुभएको छ ।

उहाँले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधाअड्काउ फुकाउ आदेश सभासमक्ष पेस गर्नुभएको हो ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धीको पत्र पढेर सुनाउनुभएको थियो । अर्काे बैठक आगामी भदौ ६ गते सोमबार बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.