सप्तरीमा एक जना मृत भेटिए

सप्तरी- सप्तरीमा एकजना मृत अवस्थामा भेटिएका छन् ।

राजविराज नगरपालिका वडा नम्वर ३ भलुवाही खोला नजिक एकजना मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गजेन्द्र नारायण सिंह अस्पतालको पछाडि पट्टि रहेको भलुवाही खोलाको छेउमा राजविराज नगरपालिका वडा नम्वर ५ बस्ने ४५ वर्षीय मंगला दास मृत अवस्थामा भेटिएका हुन् ।

सप्तरीका प्रहरी प्रवत्ता माधवप्रसाद काफ्लेले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.