अलबिदा प्रदीप गिरी (फोटो फिचर)

काठमाडौं– नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम् प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको ७४ वर्षको उमेरमा गएराति निधन भयो ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा गम्भीर अवस्थामा उपचार गराइरहनुभएका गिरीको शनिबार राति ९:३० बजे निधन भएको हो ।

गिरीको पार्थिव शरीर आइतबार बिहान पार्टी कार्यालय सानेपामा ल्याइयो । पार्थिव शरीरमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चारतारे झण्डा ओढाएर उहाँप्रति श्रद्धाञ्जली र सम्मान अर्पण गर्नुभयो । यसैगरी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगन थापालगायतले गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतले पनि गिरीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ ।

तस्बिरहरु : रासस

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.