स्वर्गीय नेता गिरीको अन्त्येष्टि

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदिप गिरीको आज अन्त्येष्टि गरिएको छ ।

पशुपति आर्यघाटमा नेता गिरीको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाली कांग्रेसका नेता, कार्यकर्ता तथा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु समेत आर्यघाट पुग्नुभएको थियो ।

स्वर्गीय नेता गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपतिस्थित आर्यघाटमा सर्वसाधरणको ठूलो उपस्थिति थियो। क्यान्सरबाट पीडित नेता गिरीको गएराति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो ।

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.