करिमलाई युइएफए प्लेयर अफ दि एयरको अवार्ड

३४ वर्षीय फ्रान्सेली फरवार्ड करिम बेन्जिमाले युइएफए प्लेयर अफ दि एयरको अवार्ड हात पार्न सफल भएका छन् ।

स्पेनिश क्लब रियल मड्रिडका कप्तान बेन्जिमाले म्यानचेष्टर सिटीका केभिन डे ब्रुएना र आफ्नो क्लब रियलका थिबाउट कोटुवालाई पछि पार्दै यो अवार्ड हात पारेका हुन् । बेन्जिमाले युइएफए च्याम्पियन्स लिग फुटबलमा गत सिजन उत्कृष्ट प्रदर्शन गरेवापत उत्कृष्ट खेलाडीको रुपमा यो अवार्ड प्रदान गरिएको हो ।

फ्रान्सको राष्ट्रिय टिमबाट १९ नम्बरको जर्सी र रियल मड्रिडबाट नौ नम्बरको जर्सीमा देखिने बेन्जिमा गत सिजन रियललाई च्याम्पियन्स लिगको उपाधी दिलाएका थिए । महिलातर्फको प्लेयर अफ द एयर भने क्याटलन क्लब बार्सिलोनाकी एलेक्सिया पुटेलासले प्राप्त गरेकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.