जबरासँग दोस्रो दिनको बयान पनि सकियो

काठमाडौं– प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।

बिहीबार सिंहदरारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले जवाफ लिएको हो ।

समितिका सदस्य कल्याणी कुमारी खड्काले समितिले जबरासँग दुई वटा प्रश्न सोधेको जानकारी दिनुभयो । उहाँले अर्को बैठक १९ गते आइतबारलाई राखिएको बताउनुभयो ।

बुधबारदेखि जवाफ लिने क्रम सुरू भएको हो । जवाफका लागि समितिले ४३ प्रश्न तय गरेको छ ।

पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको थियो । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको जवाफ दिनुभएको थियो ।

जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.