निजामती दिवसः यी हुन् पुरस्कृत ४० कर्मचारी

काठमाडौं- सरकारले निजामती सेवा दिवसका अवसरमा ४० कर्मचारीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय गरेको हो । तर सर्वोत्कृष्ट कर्मचारी भने यस वर्ष पनि छनोट गरिएन । ५ वर्षदेखि सर्वोत्कृष्ट छनोट गरिएको छैन ।

यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरुहरुमा निर्देशक पदमकुमार श्रेष्ठ, उपसचिवद्वय दीपकप्रसाद खतिवडा र हरिप्रसाद ज्ञवाली, उपसचिव मुना शर्मा, प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल, उपसचिवद्वय शोभाखर रेग्मी र सन्तोष पौडेल, सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादव, शाखा अधिकृत रुकु शर्मा पौडेल र शाखा अधिकृत महंगु लोध रहनुभएको छ ।

यसैगरी निजामती सेवा पुरस्कार पाउने कर्मचारीहरूमा सहसचिव सुरेन्द्रमोहन श्रेष्ठ, सहसचिव रमेश अर्याल, उपसचिव लिलाकान्त पौडेल, निर्देशक सत्यनारायण थापा, सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद काफ्ले, उपसचिवत्रय मुनकुमार केसी, ऋषिराम भुसाल र शान्तिबहादुर बस्नेत रहनुभएको छ ।

यसैगरी निर्देशक सुदन ख्वखली श्रेष्ठ, योजना प्रमुख बद्री प्रसाद शर्मा, सिडिई चन्द्रकाजी गुरुङ, शाखा अधिकृत सीता ढकाल, शाखा अधिकृत टेकराज भट्टराई हुलाक अधिकृत गोविन्द्रप्रसाद पाण्डे, इकाई प्रमुख युगमणि सबेहाङ, शाखा अधिकृत ऋषिराज आचार्य, योजना अधिकृत खङराज राई, इन्जिनियर जुमुना परियार, कृषि अधिकृत सविता कुमारी जोशी, जिल्ला निर्वाचन अधिकारी शकुन्तला राई, नायव सुब्बा गजत बहादुर पाठक, नायव सुब्बा राम प्रसाद नेपाल, तामेलदार गीता कुमारी थापा, नायव सुब्बा विष्णुबहादुर बस्नेत, नायव सुब्बा मञ्जु कुमारी शाह, डिट्ठा जगविश्वर भट्टराई, खरिदार प्रकाश पौडेल, हल्कारा हरि प्रसाद लम्साल, हलुका सवारी चालक एकराज कोइराला र कार्यालय सहयोगी दशराम थारु रहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.