राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा राजिनाको घोषणा
काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मुख्य प्रशिक्षक नियुक्तिका सम्बन्धमा एन्फासँग भएको सझौता रद्ध गर्दै एन्फालाइ पत्रचार गर्नुभएको छ ।
आफुसँग गरिएको सम्झौता रद्धका लागि अल्मुतारीको पत्र पठाएसँगै उहाँको राजिनामाको विषयले निम्याएको भ्रमको टुङ्गो लागेको छ । पटक-पटक सामाजिक संजालमार्फत राजीनामाको घोषणा गर्दै आउनु भएका अलमुताइरीले यसपटक भने सम्झौता रद्धका लागि एन्फालाई पत्र पठाउनु हो ।
सम्झौता रद्ध गर्ने विषयमा उहाँको पत्र प्राप्त भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी गराउनु भएको हो । नेपालको मुख्य प्रशिक्षकको विषयमा एन्फाको आउँदो कार्यसमितिको बैठकले निर्णय गर्ने बताइएको छ ।
अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उहाँ विवादमा तानिनु भएको थियो ।-
प्रतिक्रिया राख्नुहोस्