अपडेटः ढुंगाखानीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो

काभ्रे– काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. ४ चलालगणेस्थानस्थित ढुंगाखानीमा गएको पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल बर्षाका कारण खानीमाथिबाट खसेको पहिरोमा परि स्थानीय निरबहादुर तामाङको कच्ची तीन तले घरसहित दुई स्काभेटर समेत पुरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार खानीमाथिबाट झरेको पहिरोमा निरबहादुर तामाङ र सावित्री तामाङको घटनास्थलमा र घाइते लादुलुङ तामाङ (ठुलीमाया) गम्भीर घाइते भएर बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

बिहान साढे तीन बजे पहिरोमा परि घाइते भएको लादुलुङ तामाङ (ठुलीमाया) गम्भिर घाइते भएर बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जनाएको छ । घटनाको बारमो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.