सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव फेला

सिरहा- सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव फेला परेको छ। रूखमा झुन्डिएको अवस्थामा शव फेला परेको हो । सिराहा नगरपालिका– २१ लगडीगोठ बिओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका– ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको हो ।

सशस्त्र प्रहरी बल ७ नम्बर गण हेडक्वार्टर सिराहाका प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले शव रूखमा झुन्डिएको अवस्थामा फेला परेकोले थप अनुसन्धान गर्न नेपाल प्रहरीलाई जिम्मा दिइएको बताएका छन् ।

आज बिहान साढे ६ बजेतिरको समयमा घटना भएको र घटनाको मुचुल्का गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी (डिएसपी) सुवास बुढाथोकीले जनाएका छन्। बिहान साथीहरूसँगै ड्युटीमा निस्किएका उनी ‘सौच’ गर्न रूख भएको बगैँचातिर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.