मुकुन्दराज शर्माको निबन्ध संग्रह ‘शब्द शिविर’ सार्वजनिक

काठमाडौं- गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य सङ्कलन ‘शब्द शिविर’ निबन्ध सार्वजनिक भएको छ ।

निबन्ध सङ्ग्रहको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठ, निबन्धकार शर्माले एक शताब्दी पूरा गरेका बुवा निमानन्द शर्मा, ९५ वर्षीय आमा शोभादेवी लगायतले विमोचन गर्नुभयो ।

निवन्धकार शर्माले कोरोना महामारीका कारण घरमा बसेका बेला आफूले निबन्धहरु लेखेको बताउनुभयो । निबन्ध संग्रहमा २५ वटा निबन्ध छन् । शर्मा लिटिल एन्जलसका प्रिन्सिपल हुनुहुन्छ ।

राज्यमन्त्री श्रेष्ठले शैक्षिक जगतमा शर्मा स्थापित रहेको बताउँदै साहित्यिक सफलताको शुभकामना दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.