नागरिकता विधेयक रोकेको विरोधमा विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं– प्रमुख पाँच विद्यार्थी संगठनले सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक प्रमाणीकरण रोकेको भन्दै राष्ट्रपतिको कदमको विरोध गरेका छन् ।

काठमाडौंमा बिहीबार प्रदर्शन गर्दै विद्यार्थी संगठनहरुले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेकोमा आपत्ति जनाए । उनीहरूले काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले राष्ट्रपतिको विरुद्ध नाराबाजीसमेत गरे ।

सभामा नेविसंघका सभापति दुजाङ शेर्पा, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलगायतले सम्बोधन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.