पितृ उतार्ने भन्दै चामलको अक्षताले हान्दा एकजनाको मृत्यु

रामेछाप- पितृ उतार्ने भन्दै अक्षता चामलले हान्दा रामेछापमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँडादेवी गाउँपालिकाका ५० बर्षकी बिबा माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घट्नामा मृतक माझीकी ७० बर्षकी आमा सुनमाया माझी गम्भीर घाइते हुनुभएको छ । उहाँको अहिले मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय माझी समुदायका ११ जना भन्दा बढी किशोर किशोरीले पितृ उतार्नका लागि काम्दै आमाछोरीलाई ७ बोरा भन्दा बढी चामलको अक्षताले मुख तथा शरीरमा हानेको स्थानीयहरुले बताएका छन् ।

करिव डेढ घन्टा चामलले हानेपछि मृत्यु भएकी बिबा माझीलाई उनिहरुले फेरी व्युताउने भन्दै थप आधा घन्टा चामलले हानेको उनका छोरा प्रेम माझीले जानकारी दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.