बन्दुकधारीद्वारा विद्यालयमा आक्रमणः ११ बालबालिकासहित १७ जनाको मृत्यु

रसियामा बन्दुकधारीले एक विद्यालयमा गरेको आक्रमणमा परी ११ जना बालबालिकासहित कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

मारिनेमा सोही विद्यालयमा पढाउने २ जना शिक्षक समेत रहेका छन् । आक्रमणमा परि २४ जना घाइते भएका छन् । घाइते हुनेमा सबै बालबालिका रहेको पुष्टि भएको छ ।

बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा सो हताहती भएको हो । घटनापछि बन्दुकधारीले आत्महत्या गरेका छन् । विद्यालयका कक्षाकोठाहरुका भित्ताहरुमा रगत नै रगत भएको समाचारमा उल्लेख छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी विद्यालयमा भएको आक्रमणलाई “अमानवीय” भन्दै कडारूपमा निन्दा गर्नु भएको छ । रसियामा तीन दिन राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.