पूर्वमन्त्री चौधरी कांग्रेसमा

काठमाडौं– पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई पार्टी प्रवेश गराउनुभयो । चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा हुनुहुन्थ्यो ।

चौधरी केपी ओली सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा बाबुराम भट्टराई सरकारमा युवा तथा खेलकुद राज्यमन्त्री हुनुहुन्थ्यो ।

कार्यक्रममा कांग्रेस नेतृ आरजु राणा, कांग्रेस सर्लाही सभापति सुरन्द्रप्रसाद सिंह, युवा नेता विकास ठाकुर लगायत हुनुहुन्थ्यो ।

कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना
नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधर समूहका नेता कार्यकर्ताले विभिन्न माग राखी पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिनुभएको छ ।

उहाँहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको माग गर्दै आज दिउँसो एक घण्टा धर्ना दिनुभएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । धर्नामा सो समूहका शीर्ष नेता तथा पदाधिकारीको भने सहभातिा थिएन ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक बन्दसूची तय गर्दा उचित तवर नभएको नेता कोइराला समूहका नेताको आरोप छ ।

कांग्रेस पार्टी कार्यालयले भने सर्वसम्मतिले समानुपातिक उम्मेदवारको नामावली टुङ्गो लगाइएको स्पष्ट पारेको छ । कांग्रेस केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको विधानबमोजिम सम्बन्धित निकायबाट सिफारिस भई केन्द्रमा आएका नामउपर केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवारको नामावली टुङ्गो लगाएको बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.