भारतमा आईफोन १४ को उत्पादन सुरु

अमेरिका चीनबीचको ब्यापारिक खिचातानीबीच विश्वप्रसिद्ध प्रविधि कम्पनी एपलले भारतमा आईफोन १४ बनाउन लागिएको बताएको छ । चीनबाट आफ्नो आपूर्तिको सञ्जाल बाहिर लान खोजिरहेको समाचारबीच एपलले आईफोन १४ बनाउन लागेको हो ।

चीनमा लागु गरिएको ‘शून्य कोभिड’ नीतिका कारण व्यापक लकडाउन हुँदा महामारीका बेला व्यापार पनि नराम्ररी प्रभावित भएको कारण देखाउँदै एपलले आफ्नो नयाँ संस्करणहरूलाई विकेन्द्रित गर्न थालेको विश्लेषकहरूले अनुमान गरेका छन् ।

एपलले केही साताअघि आईफोनको नयाँ संस्करण बजारमा ल्याएको थियो । “नयाँ आईफोन १४ मा नवीनतम प्रविधिहरू र महत्वपूर्ण सुरक्षा क्षमता छन् । हामी भारतमा आईफोन १४ उत्पादन गर्न उत्साहित छौँ,” एपलले हालै जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

ताइवानमा रहेको फक्सकन कम्पनीले एपलका अधिकांश फोनहरू निर्माण गर्दै आएको छ । उक्त कम्पनीले दक्षिण भारतको तमिलनाडुमा सन् २०१७ देखि आईफोनका पुराना संस्करणका बनाउँदै आएको र आईफोन १४ भारतमै बनाउन थालेको हो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.