रेसुङ्गा नगरपालिकाले निःशुल्क मोतियाविन्दु शल्यक्रिया गरिदिने

गुल्मी- गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाभित्रका मोतियाविन्दु लागेका विरामीहरुले निःशुल्क मोतियाविन्दु शल्यक्रिया उपचार सेवा लिन पाउने भएका छन् । निःशुल्क मोतियाविन्दु शल्यक्रिया उपचार सेवाको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले शुभाम्भ गर्नुभयो ।

निःशुल्क सेवाको शुभारम्भ गर्दै नगरप्रमुख पन्थीले नगरवासी कुनै पनि नागरिक मोतियाविन्दु लागेर कहाँ गएर उपचार गरौं भन्ने चिन्ता अत्य भएको बताउनु भयो । नगरवासीहरुको सहजताको लागि निःशुल्क रुपमा मोतियाविन्दुको शल्यक्रिया उपचारमा सहयोग गर्ने बताउनुभयो ।

मोतियाविन्दु लागेर समस्यामा पर्नुभएका नगरवासीले जिल्ला आँखा उपचार केन्द्र तम्घासमा आएर निःशुल्क मोतियाविन्दु शल्यक्रिया सेवा लिन आग्रह गर्नुभयो नगरपालिकाले सुरुवात गरेको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया सेवामा ४ जनाको शल्यक्रिया गरिएको छ ।

नगरभित्रका नागरिकले मोतियाविन्दुको शल्यक्रिया गर्दा कुनैपनि रकम लाग्ने छैन । एउटा व्यक्तिको मोतियाविन्दुको शल्यक्रिया गर्दा औषधीसहित ६ हजार ५ सय रुपैयाँ लाग्ने गर्दैछ । नगरभित्रका नागरिकको शल्यक्रिया गरेवापतको रकम रेसुङ्गा नगरपालिकाले भुक्त्तानी गर्ने नगरप्रमुख पन्थीले बताउनु भयो । जिल्लामा प्रत्येक महिनाको ११ गते आँखा शिविर बस्ने गर्दछ ।

त्यस शिविरमा नगरपालिका भित्रका मोतियाविन्दु लागेका आखाँका बिरामीहरुले सेवा लिन पाउने छन् । जिल्ला आँखा उपचार केन्द्र तम्घासले विगत ३० वर्ष देखि जिल्लाका सम्पुर्ण ठाउँहरुमा आँखा जाँच सम्बन्धी विभिन्न कार्यक्रमलगायत शिविरहरु संचालन गर्दै आएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.