सल्यानमा जीप दुर्घटनामा दुई जनाको मुत्यु

सल्यान– सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सल्यान कुमाख गाउँपालिका ७ जीमाली वाट शारदा नगरपालिका ११ खैरावाङग मन्दिर दर्शनका लागि आउदै गरेको रा १ ज ७९८ नम्वरको जीप दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोटका ३९ वर्षका मानबहादुर पुन, सोही ठाउकी १४ वर्षकी एनका पुनको घटना स्थलमै मुत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सल्यानका सूचना अधिकारी सन्तोष खनालले घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउदै गरेका घाईतेहरुको विवरण आउन बाँकी रहेको बताउनुभयो ।

जीमालीको भित्री कच्ची सडकमा डुमकोट उकालोमा ब्याक गर्ने क्रममा सडकवाट १ सय मिटर तल खस्न गई दुर्घटनामा परेको हो । घटना स्थल सल्यान खलंगाबाट ५६ किलोमिटर उत्तर पश्चिम रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.