रंगशालाभित्रै भएको भागदौडमा १ सय २९ जनाको मृत्यु
इन्डोनेसियामा फुटबल प्रतियोगिता भइरहेका बेला रंगशालाभित्रै भएको भागदौडका क्रममा १ सय २९ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । घटनामा १ सय ८० जनाभन्दा बढी घाइते भएका छन् । यस घटनालाई विश्वमै रंगशालाभित्र भएको खराब विपद्का रुपमा लिइएको छ ।
प्रहरीले दंगा समर्थकलाई अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिएको थियो । पूर्वी जाभामा भएको सो प्रतियोगितामा एरेमा एफसी आफ्नो कटु प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग पराजित भएपछि दुई पक्षबीच भिडन्त शुरु भएको थियो । रंगशालामा क्षमताभन्दा झण्डै ४ हजार बढी दर्शकहरु रहेको इन्डोनेसियाका रक्षामन्त्रीले जनाएका छन् । खेल सकिने अन्तिम सिटी बज्ने बित्तिकै समर्थकहरु खेल मैदानमा दौडिएको दृश्य संचार माध्यमहरुबाट सार्वजनिक भएका छन्
समर्थकहरु खेल मैदानमा प्रवेश गरेपछि प्रहरीले स्थिति नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो । जसले भागदौडमा निसास्सिएर धेरैको मृत्यु भएको बताइएको छ ।
अश्रुग्यास प्रहारपछि स्थिति थप अराजक बन्यो । मैदानमा उत्रिएका समर्थकहरुले प्रहरी अधिकारीहरु माथि नै आक्रमण गर्नुका साथै सवारी साधनमा पनि क्षति पुर्याएका थिए । मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी पनि रहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्