भ्यालेन्सिया विजयी

बार्सिलोना- स्पेनको घरेलु फुटबल लिग ला लिगा अन्तरगत आठौं चरणको खेलमा भ्यालेन्सिया विजयी भएको छ ।

ओसासुनाको घरेलु मैदानमा भएको स्टुडियो एल साडोरमासम्पन्न खेलमा भ्यालेन्सियाले ओसासुना माथि २-१ गोल अन्तरले जित निकालेको हो । खेलको २८औं मिनेटमा फरवार्ड जस्टिन क्लुइभर्टले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए ।

खेलको ५४औं मिनेटमा सेन्टर ब्याक मोउकतारले अर्को गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर बनाए । त्यसको लगत्तै डि बक्स भित्र फल गरे वापत ओसासुनाले पाएको पेनाल्टीमा आभिला गोल गर्नबाट चुकेका थिए । त्यसलगत्तै ६९औं मिनेटमा डी बक्स भित्र फल गरेवापात रातो कार्ड पाएर ग्रासिया मैदान बाहिर गएपछि ओसासुना १० खेलाडीमा सीमित भयो । भ्यालेन्सियाले पाएको पेनाल्टीको अवसर काभानीले गोलमा परिणत गर्न सकेनन् ।

खेलको अन्त्यतिर ओसासुनाले एक गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि थप गोल हुन भने सकेन् । यो जित सँगै भ्यालेन्सिया अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.