प्रत्यक्ष निर्वाचनतर्फको उम्मेदवारी दर्ता आज

काठमाडौं- आज कोजाग्रत पूर्णीमा । आजै आमनिर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ । बडादशै सकिनै लाग्दा नेपालीहरुका लागि अर्को महापर्व निर्वाचनले फेरि देशको सम्पूर्ण माहोल उमंगमय बनेको छ ।

समानुपातिक तर्फको निर्वाचन प्रणालीको प्रकृया यसअघि नै सुरु भैसकेपनि प्रत्यक्ष रुपमा निर्वाचित हुने अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यक्रम आज सुरु हुन लागेसँगै निर्वाचनको माहोल तातिएको हो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको उम्मेदवारी दर्ता हुँदैछ र यसका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि आफ्नो तयारी तीव्र बनाएका छन् । आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफै वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गर्नुभएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.