‘संविधान र लोकतन्त्रका लागि सत्तागठबन्धनका उम्मेदवारले जित्नुपर्छ’

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य ई मोहन आचार्यले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनका उमेदवारलाई विजयी गराउनुपर्ने बताउनुभएको छ ।

रसुवामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “संविधानको रक्षा, स्थिरता, आर्थिक विकासका लागि यो सत्तागठबन्धन बनेको हो, मुलुकको समृद्धिका लागि यो गठबन्धन आवश्यक छ ।” उहाँले वर्तमान सत्ता गठबन्धनले आगामी निर्वाचनमा जनताको विश्वास जितेर स्थिर सरकार निर्माण गर्ने दाबीसमेत गर्नुभयो ।

अब निर्माण हुने स्थिर सरकारले देशको विकास र समृद्धिका लागि काम गर्ने उहाँको भनाइ थियो । लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई पटक÷पटक ध्वस्त पार्ने काम भएकाले संविधानको रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पाँच दलीय गठबन्धन बनेको उहाँले बताउनुभयो ।

रसुवाको विकास नै आफ्नो मुख्य प्राथमिकता रहेको बताउँदै नेता आचार्यले समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियानमा सफल बनाउन गठबन्धनका उमेदवारलाई विजयी गराउन आवश्यक रहेकामा जोड दिनुभयो । कृषि, जलविद्युत्, पर्यटन, व्यापार व्यवस्थापन र समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.