भक्तपर-२ मा रास्वपाका राजीव खत्री विजयी

 भक्तपुर– प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी हुनुभएको छ । उहाँले ४२ हजार ३३४ मत प्राप्त गर्नुभयो ।

खत्रीका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नुभएको छ ।

पत्रकारिता पृष्टभूमिका खत्री निर्वाचन ताका मात्र रास्वपा प्रवेश गर्नुभएको थियो । रास्वपा प्रवेश गरेलगत्तै उहाँ निर्वाचनमा होमिनुभएको हो ।

युवा पत्रकारको छवी बनाउनुभएका खत्री एमालेका ‘हेवी वेट’ मानिने सचिव महेश वस्नेतसँग प्रतिश्पर्धा गरेसँगै सामाजिक सञ्जालमा निकै चर्चामा हुनुहुन्थ्यो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.