युगाण्डाको राजधानी कम्पालामा पनि इबोला

युगाण्डाको राजधानी कम्पालामा पनि इबोला भाइरस संक्रमित फेला परेका छन् ।

कम्पालाका तीन फरक फरक विद्यालयका छ जना बालबालिकामा इबोला संक्रमण पुष्टि भएको हो । युगाण्डाका स्वास्थ्य मन्त्री ज्यान रुथले संक्रमित बालबालिकाहरु एउटै समुदायका रहेका र संक्रमितको सम्पर्कमा आएकाहरु नै रहेको बताउनुभयो ।

संक्रमित बालबालिकाको सम्पर्कमा आएका १ सय ७० जनालाई निगरानीमा राखिएको छ । अस्पताल जान हिच्किचाउनेहरुबाट संक्रमण फैलिएको स्वास्थ्यमन्त्रीको दाबी छ । संक्रमित बालबालिका भेटिएको विद्यालय बन्द गरिएको छ । युगाण्डा सरकारले मध्य जिल्लामा इबोला फैलिएको घोषणा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.