युक्रेनभर खानेपानीको हाहाकार, हजारौ मानिस घण्टौ लाममा बस्न बाध्य

रुसी फौजले संवेदनशील क्षेत्रलाई लक्षित गर्दै पचास भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनभरको विद्युत तथा पानीको आपूर्ति नराम्ररी प्रभावित भएको छ ।

राजधानी किभमा ८० प्रतिशत बासिन्दा बिना पानी र करिब तीन लाख पचास हजार अपार्टमेन्ट विद्युतविहीन अवस्थामा पुगेका छन् । खानेपानीका लागि मानिसहरुका लाम देखिएका छन् ।

उत्तर–पूर्वी सहर खार्किभमा पनि ऊर्जा आपूर्ति परिसरहरूमा क्षेप्यास्त्र आक्रमण गरिएका छन् । रुसले आफ्नो लामो दूरीको सटिक हतियारले युक्रेनको सैनिक कमान्ड र ऊर्जा प्रणालीमा लक्षित आक्रमण गरेको जनाएको छ ।

रुसी रक्षा मन्त्रालयले सम्पूर्ण निर्धारित वस्तुमाथि प्रहार गरिएको जनाएको छ । रुसले अधिनस्थ क्राइमियामा रहेका आफ्ना ब्ल्याक सी फ्लिटमा युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएपछि रुसी क्षेप्यास्त्र हमला सुरु भएको हो ।

किभ नजिकको एउटा ऊर्जा परिसर रुसी आक्रमणमा क्षतिग्रस्त भएपछि किभमा पानीको अभाव हुन थालेको स्थानीयले जनाएका छन् । विद्युत आपूर्ति पुन: सुचारु गर्न प्राविधिकहरु परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.