युक्रेनमा राजधानी किभलगायत अन्य सातवटा क्षेत्रमा विद्युत सेवा बन्द भएको घोषणा

युक्रेनको सरकारी विद्युत अपरेटरले राजधानी किभ र अन्य सात वटा क्षेत्रमा विद्युत सेवा बन्द भएको घोषणा गरेको छ । रुसले युक्रेनी उर्जा पूर्वाधारमा लगातार आक्रमण गरेपछि विगत केही सातादेखि विद्युत सेवा प्रभावित भएको हो ।

हिजो विद्युत प्रदायक निकायले नै औपचारिक रुपमा ब्लाकआउटको घोषणा गरेसँगै युक्रेनमा अन्धकार छाएको छ । रुसी सेनाले युक्रेनी शहर तथा गाउँहरुलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेको छ ।

रुसले नागरिकको जनजीवन प्रभावित गर्ने गरी विद्युत गृह, पानी आपूर्तिमा असर पर्ने गरी आक्रमण गरिरहेका छन् । विगत नौ महिनादेखि रुसी युद्ध झेलिरहेका युक्रेनीलाई पछिल्लो समय चिसो मौसममा पानी र विद्युत प्रवाहमा नै असर परेपछि जनजीवन कष्टकर बनेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.