बेलायती राजदम्पत्तिलाई अण्डाले हान्ने प्रयास

लन्डन- बेलायती राजा चार्ल्स तृतीय र उहाँकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् ।

७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाइएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका छन् । ती मानिसले यो देश दासहरूको रगतले बनेको हो भन्दै चार्ल्सलाई आफ्नो राजा होइन भनी चिच्याएको बताइएको छ ।

राजालाई अण्डा प्रहार गर्ने ती मानिसलाई प्रहरी अधिकारीहरूले हिरासतमा लिएका छन् । भ्रमणका लागि ऐतिहासिक मिक्लेगेट बारमा भेला भएको भीडमा अन्य मानिसहरूले भने आक्रमणकारीप्रति आक्रोश व्यक्त गरेका छन् । उनीहरूले राजाप्रति सम्मान प्रकट गर्दै भगवानले राजालाई बचाएको टिप्पणी गरेका थिए ।

बेलायती सञ्चारमाध्यमले आक्रमणकारीलाई पूर्व ग्रीन पार्टीका उम्मेदवार र हाल अस्तित्वमा नरहेको विद्रोही वातावरणीय विरोध समूहका कार्यकर्ता रहेको जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.