मतदान केन्द्रमा क्यामरा, मोबाइल लगे जफत होला !

काठमाडौं- मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा निर्वाचन आयोगले चार बुँदे निर्देशन जारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान गर्न जाँदा कुनै पनि अनावश्यक वस्तु नलैजान आग्रह गर्नुभएको हो । आयोगको निर्णय सम्वन्धमा जानकारी दिनुहुदै प्रमुख आयुक्त थपलियाले मतदान केन्द्रमा प्रवेश गर्दा सलाई, लाइटर, फोटो खिच्ने क्यामरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई जान आग्रह गर्नुभयो ।

कसैले आफ्नो साथमा लगी मतसंकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.