क्षेप्यास्त्र प्रहार गर्दा पोल्याण्डमा दुई जनाको मृत्यु

किभ- रुसले युक्रेन र पोल्याण्डको सीमा क्षेत्रमा क्षेप्यास्त्र प्रहार गर्दा पोल्याण्डमा दुई जनाको मृत्यु भएको छ ।

पोलिस संचार माध्यमहरुले पोल्याण्डमा दुई जनाको मृत्यु हुनुमा रुसी क्षेप्यास्त्र जिम्मेवार रहेको जनाउँदै घटना आधिकारिक रुपमा पुष्टि हुन भने बाँकी रहेको जनाइएको छ । रुसी रक्षा मन्त्रालयले भने युक्रेनमा भएको घटनामा आफ्नो संलग्नता नरहेको जनाउँदै युक्रेनले सुनियोजित रुपमा उत्तेजना फैलाएको आरोप लगाएको छ ।

अमेरिका र अन्य अन्तर्राष्ट्रिय शक्तिहरुले यस घटनाको छानविन गर्ने जनाएका छन् । रुसी क्षेप्यास्त्र आक्रमणका कारण युक्रेनको राजधानी किभमा पनि एक जनाको मृत्यु भएको छ ।

नेटोको सदस्य राष्ट्र रहेको पोल्याण्डमा रुसी क्षेप्यास्त्र आक्रमणका कारण मानवीय क्षति हुनुलाई अन्तर्राष्ट्रिय निकायले पनि गम्भीर रुपमा लिएका छन् । आक्रमणपछि पोल्याण्डमा आपतकालिन सैन्य सुरक्षा तयारी अवस्थामा राखिएको समाचार छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.