नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै

काठमाडौं- नेपाल र पाकिस्तानबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

दुई टोली बीच साँझ ५ बजे खेल सुरु हुनेछ । नेपाली टोली मुख्य प्रशिक्षक प्रवेश कटुवालको प्रशिक्षणमा मैदान उत्रदैछ । यस अघिनै अखिल नेपाल फुटबल सघ एन्फाले रोहित चन्दको कप्तानीमा २३ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी रोहित चन्दले गर्ने भएका छन् । हेड टु हेडका आधारमा पाकिस्तान नेपालभन्दा केहि प्रतिशत मात्र अगाडी रहेको स्थिती छ ।

फिफाद्वारा निलम्बन फुकुवा भएपछि पाकिस्तानले पहिलो खेल नेपालसँग खेल्न लागेको हो । सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपालले आज आफ्नो ५० औ खेल घरेलु मैदानमा खेल्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.