कास्की निर्वाचन क्षेत्र नं १ (१) मा अधिकारी विजयी

कास्की- नेकपा (एमाले) सङ्गठन विभाग प्रमुख एवं पूर्वगृहमन्त्री खगराज अधिकारीको कास्की क्षेत्र नं १ (क) बाट गण्डकी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका दीपक कोइरालासँगको फराकिलो मतान्तरले उहाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । अधिकारीले १५ हजार छ सय २३ मत मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी कोइरालाले ११ हजार छ सय २७ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भई स्वास्थ्य तथा गृहमन्त्री भइसक्नुभएका उहाँ यसपटक गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशसभामा चुनाव लड्नुभएको हो । विसं २०५१ र ७४ मा प्रतिनिधिसभामा निर्वाचित भइसक्नुभएका अधिकारी २०४८, ५६ र ०६४ को चुनावमा पराजित हुनुभएको थियो ।

कास्की–१ मा एमालेका गुरुङ निर्वाचित
कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मनबहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।

पोखरा महानगरपालिका–१२ पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको हलमा सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार सात सय आठ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरदत्त बरालले २३ हजार एक सय ८९ मत ल्याउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दश हजार नौ सय ४१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले तीन हजार आठ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.