काभ्रे क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता सूर्यमान दोङ बिजयी

काभ्रे- काभ्रेको प्रतिनिधि सभा क्षेत्र नं १ मा माओवादी केन्द्रका नेता सूर्यमान दोङ विजयी हुनुभएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामालाई ३ हजार ९ सय ६४ मतले पछि पार्दै दोङ बिजयी हुनुभएको हो ।

दोङले ३४ हजार ४ सय १२ मत पाउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लामाले ३० हजार ५ सय ४८ मत प्राप्त गर्नुभएको छ । दोङ २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने साविकको निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार तिर्थ लामासँग पराजित हुनुभएको थियो ।

काभ्रेका कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये क्षेत्र नं १ लाख ५२ हजार ६ सय २१ मतदातामा क्षेत्र नं १ मा ५९ हजार १ सय ४९ मत खसेको थियो । दुई प्रतिनिधि सभा क्षेत्र र चार प्रदेश सभा क्षेत्र रहेको काभ्रे जिल्लामा सबै क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.