चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी

चितवन: प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ ।

रा.प्र.पा.का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पाण्डेले ३५,०५५ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्दीका माओवादी केन्द्रका डा. अधिकारीले २५,८२२ मत मात्र प्राप्त गर्नुभयो ।

लगातार दुई दशकभन्दा लामो अवधीदेखि यसै क्षेत्रबाट चुनाब लड्दै आउनुभएका पाण्डे यसअघि २०७० सालको दोश्रो संबिधानसभामा निर्वाचित भई वनमन्त्री एवं भूमिसुधार मन्त्री हुनुभएको थियो ।

उहाँको पार्टीबाट चितवन ३(क)मा गिर बहादुर (ज्ञानुजंग) लामा प्रदेशसभामा निर्वाचित हुनुभएको छ भने जिल्लाका अन्य उम्मेदवारहरु पराजित भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.