दोलखामा माओवादीका कार्कीलाई पछि पार्दै एमालेका शिवाकोटीको अग्रता

दोलखा- दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्कीलाई पछि पार्दै नेकपा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता जारी राख्नुभएको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्रका कार्कीलाई करिब १९ सय मतले पछि पार्दै शिवाकोटीले अग्रता लिनुभएको हो । हालसम्मको मतगणनामा एमालेका शिवाकोटीले १७ हजार ६ सय ९५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादीका कार्कीले १५ हजार ७ सय ९५ मत प्राप्त गर्नुभएको छ ।

दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.