आयोगद्वारा निर्वाचन परिणाम घोषणा

काठमाडौं– निर्वाचन आयोगले पुस २ गते प्रदेश सभा निर्वाचन परिणाम सहितको प्रतिवेदन सातै प्रदेश प्रमुखहरूलाई बुझाउने भएको छ । निर्वाचित प्रदेश सभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा पनि प्रकाशित गर्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी ५ सय ५० जना निर्वाचित भएका छन् जसमा ३ सय ५० पुरूष र २ सय महिला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको १ दशमलव ५ प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । सो व्यवस्था अनुसार प्रदेश नं. १ मा ६, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ७, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा ६ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली मार्फत प्रदेश सभामा प्रतिनिधित्व गरेको निर्वाचन आयोगले जनाएको छ ।

यसपालीको निर्वाचनमा प्रदेश सभातर्फ सातै प्रदेशमा गरी २ हजार ३ हजार २४ जनाको धरौटी जफत भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.